राष्ट्रिय सुटिङ च्याम्पियनसिपमा आर्मीलाई स्वर्ण

काठमाडौँ, जेठ २५ गते ।

ललितपुरको सातदोबाटोमा जारी २७औँ पुरुष तथा २६ औँ महिला राष्ट्रिय सुटिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत एयर राइफल मिक्स टिम स्पर्धामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ।

बिनोद बस्नेत र राधा गुरुङको जोडीले कुल ६०७.७ अंक जोड्दै पहिलो स्थान हासिल गरी स्वर्ण पदक जित्यो। नेपाल पुलिस क्लबका प्रजापति भुर्तेल र फूलमाया क्याप्छाकीको जोडीले ६०१.१ अंकसहित रजत पदक प्राप्त गर्यो।

यस्तै, बागमती प्रदेशका हरि बहादुर थापा र मिरा बन्जाराको जोडीले ५७३.८ अंकसहित तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जित्न सफल भयो।

त्यस्तै एयर पेस्तोल मिक्स टिम स्पर्धामा बागमती प्रदेशले स्वर्ण पदक जितेको छ। बागमतीका बिपेश खड्का र रुबिना श्रेष्ठको जोडीले कुल ५४८ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरी स्वर्ण पदक जित्यो।

नेपाल पुलिस क्लबका मनबहादुर घले र मिना स्याङतानको जोडीले ५३९ अंकसहित रजत पदक जित्दा नेपाली सेनाका विष्णु कुमार धिस्वा मगर र राधिका घर्तीको जोडीले ५३६ अंकसहित कांस्य पदक हात पार्यो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ