काठमाडौँ, जेठ २३ गते।
‘प्रथम राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता’ आजदेखि सुरु भएको छ। दुई दिन हुने प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कवडहलमा भइरहेको छ।
प्रतियोगितामा सात वटै प्रदेशस्तर बाट छनौट भएका खेलाडीहरू विभागीय नेपाल आर्मी, सशस्त्र प्रहरी बल नेपाल प्रहरी करिब १२५ जना खेलाडीहरू सहभागी छन्। खेलमा पुरुष खुल्ला तौल, महिला खुल्ला तौल, महिला पुरुष तौल समूहबिच खेल प्रतिस्पर्धा भएको छ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरूलाई मेडल प्रमाण पत्र र नगद प्रदान गरिने छ। प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद २० हजार सहित मेडल प्रमाण पत्र, द्धितिय हुने खेलाडीलाई १० हजार नगद सहित मेडल प्रमाण पत्र र तृतीय हुने खेलाडीलाई ५ हजार नगद सहित मेडल र प्रमाण प्रदान गरिने छ।
युवा खेलाडीहरूलाई प्रोत्साहन सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचित गराउने उद्देश्यले प्रतियोगिताको गरिएको आयोजकले जनाएको छ।
