काठमाडौँ, जेठ २३ गते ।
लाङटाङ ट्रेल रन २०२६ को उपाधि मिलन कुलुङ र अन्जुली गुरुङले जितेका छन् ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत क्यान्जेन गुम्बादेखि स्याफ्रुबेंसीसम्मको ३२ किलोमिटर दूरीमा शनिबार भएको दौड प्रतियोगितामा कुलुङ र गुरुङले उपाधि जितेका हुन् ।
पुरुषतर्फका विजेता मिलनले दुई घण्टा १६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरे । धीरबहादुर बुढा दुई घण्टा १८ मिनेट ४७ सेकेन्डका साथ दोस्रो भए । विशाल राईले दुई घण्टा २० मिनेट ०२ सेकेन्डका साथ तेस्रो स्थान हासिल गरे ।
महिलातर्फकी विजेता अन्जुलीले चार घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो भएकी सुरक्षा तामाङले चार घण्टा ५९ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरिन् । अस्ट्रियाकी आना लेना फर्टनर पाँच घण्टा ०९ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी तेस्रो स्थानमा रहिन् ।
