काठमाडौं जेठ २२ गते ।
चौथो राष्ट्रिय पुरुष डोरीतान प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले शनिबार जितेको छ । च्यासलमा भएको फाइनलामा लुम्बिनीले एपीएफलाई पराजित ग¥यो ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्दी व्यञ्जनकार र सल्लाकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा ५ प्रदेश, नेपाल प्रहरी र एपीएफ गरी ७ टिम सहभागिता जनाएको आयोजक नेपाल डोरी तान संघका अध्यक्ष भवानीप्रसाद पौडेलले जनाएका छन् ।
