मैत्रीपूर्ण फुटसलमा त्रिशक्ति विजयी

काठमाडौं जेठ ६ गते ।

नेपालको त्रिशक्ति स्पोर्ट्स एकेडेमीले मैत्रीपूर्ण फुटसल प्रतियोगितामा जित हात पारेको छ । त्रिशक्तिले बंगलादेशको सबुज बंगला स्पोर्ट्स एकेडेमीलाई ७–४ गोलले पराजित ग¥यो ।

ललितपुरको हरिसिद्दिमा भएको प्रतियोगितामा त्रिशक्तिका रफी महर्जन उत्कृष्ट खेलाडी तथा सबुजका राज चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताको नारा ‘युनाइटेड बाई प्यासन, इन्स्पायर्ड बाई फुटसल’ रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिनोद महर्जनले यस्ता प्रतियोगिताले युवा खेलाडीमा आत्मविश्वास जगाउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।

बगलादेशका प्रशिक्षकले अगामी दिनमा बिजेता नेपाली टिमलाई फुल स्पोन्सरमा बगलादेश बोलाउने प्रतिबद्धता जनाए ।

आयोजक त्रिशक्ति स्पोर्ट्स एकेडेमीका उमेश महर्जनले भविष्यमा पनि यस्ता मैत्रीपूर्ण प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल उसु महासंघका उपमहासचिव तथा मार्सल आटर््स अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनलगायतको उपस्थिति रहेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ