काठमाडौं जेठ ६ गते ।
नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
मंगोलियाको उलानबातारमा भएको प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् । अघिल्लो दिन सोही उमेरसमूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए ।
