मलेसियाविरुद्ध नेपालको जित

काठमाडौँ, जेठ ६ गते ।

नेपालले महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पहिलो खेलमा मलेसियाविरुद्ध दुई विकेटको कठिन जित दर्ता गरेको छ ।

मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो ।

नेपालका सम्झना खड्काले ३२ र रुवी पोदारले १५ रन बनाए ।

मलेसियाकी नुर कल्याशाले तीन विकेट लिइन् । आइसिया एलिसा र इल्सा हन्टरले समान दुई विकेट हात पार्दा नुर डानिया स्युहादाले एक विकेट लिइन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ