काठमाडौँ, बैशाख २८ गते ।
सरकारको नीति तथा कार्यक्रम २०८३/०८४ मा खेलकुद क्षेत्र एउटा बुँदामा मात्र समेटिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्ने बताएका छन् ।
सोमबार सरकारको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै उनले विद्यालय तहदेखि नै प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरी खेल क्षेत्रको व्यवसायीकरण र खेलाडीहरूको सामाजिक सुरक्षा सुनिश्चित गरिने बताए ।
