जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि

काठमाडौं बैशाख २४ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको समन्वयमा जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि हुने भएको छ । जुडोका मुख्य प्रशिक्षक विरेन्द्र रन्जितको पहलमा हुन लागेको दुईदिने सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ ।
सेमिनारमा ३० देखि ५० प्रशिक्षार्थी सहभागी हुने अनुमान गरिएको मुख्य प्रशिक्षक रन्जितले जनाएका छन् ।
सहभागीलाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक जगदीशप्रसाद भट्टले मोटिभेसन स्पिच, राजेश्वरमान स्थापितले साइकोलोजी र सुप्रसिद्ध ताम्राकारले प्राविधिक विषयमा जानकारी दिने छन् । सेमिनारमा प्रतियोगिता सञ्चालन र व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ