काठमाडौँ, फागुन १६ गते ।
नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा भक्तपुरको चाँगुनारायणमा यही साता चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना हुने भएको छ ।
बुधबार नेपाल एडभेन्चर रनिङ महासंघले पत्रकार सम्मलेन आयोजना गरी प्रतियोगिता आगामी १९ गते हुने जानकारी दिएको हो।
महासंघका अनुसार महिला र पुरुषतर्फ खुल्ला ३६ किमी र २० वर्षमुनि गरी दुई फरक विधामा प्रतियोगिता खेलाइनेछ । जसमा २५० भन्दा बढी खेलाडीहरूको सहभगिता रहने आयोजकको भनाइ छ ।
प्रतियोगितामा खुला ३६ किमितर्फ पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने धावकहरूलाई क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ । छैटौँ देखि १०औँ स्थान हासिल गर्ने धावकहरूलाई जनही तीन हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको अनुमानित बजेट २८ लाख रुपैयाँ रहेको छ ।
