नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौँ, फागुन १६ गते ।

विभागीय टिम नेपाल पुलिस क्लबले पीएम कप एनभीए महिला भलिबल लिगमा आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म कायम राखेको छ । योसँगै पुलिस फाइनलमा प्रवेश गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चौथो जित निकाल्ने क्रममा पुलिसले विभागीय प्रतिस्पर्धी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हराएको हो ।

पहिलो सेट २१–२५ ले गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गरेको थियो । पुलिसले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–१९, २७–२५, २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।

उपाधि रक्षा अभियानमा रहेको पुलिसले यसअघि एभरेस्ट भलिबल क्लब, सुदूरपश्चिम प्रदेश र विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ