एनभीए लिग: खील्जीद्वारा कोशी पराजित

काठमाडौँ, बैशाख १५ गते ।

दशौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा खील्जी युथ क्लबले कोशी प्रदेश क्लबलाई जितेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा खील्जीले कोशी युथ क्लबलाई ३-० को सोझो सेटमा जितेको हो।

खील्जीले २५-१९, २५-२० र २७-२५ ले खेल आफ्नो पक्षमा पार्दै जित निकालेको थियो।

नेपाल भलिबल संघको आयोजनामा बैशाख १९ गते सम्म चल्ने प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ