काठमाडौँ, बैशाख १५ गते ।
दशौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले लगातार चौथो जित निकालेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चौथो जित निकाल्ने क्रममा न्यु डायमन्डले विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।
एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने २०–२५ ले गुमायो । त्यसपछिका दुई सेटमा क्रमशः २५–१८, २५–२१ को जित निकाल्दै न्यु डायमन्डले अपराजित यात्रा जारी राख्यो ।
न्यु डायमन्डले यसअघि सुदूरपश्चिम प्रदेश, एभरेस्ट भलिबल क्लब र विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।
