काठमाडौं वैशाख ९ गते ।
रुवान्डामा भइरहेको आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ ।
नेपालले बुधबार घरेलु टोली रुवान्डालाई २ विकेटले पराजित गरेको हो । दोस्रो जितपछि नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । रुवान्डाको चार खेलमा यो दोस्रो हार हो ।
नेपालको निम्ति सम्झना खड्काले सर्वाधिक ४८ रन बनाइन् । पूजा महतोले १३ र ओपनर विन्दु रावलले १० रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हारका बावजुद रुवान्डा चार अंकका साथ तालिकाको शीर्ष स्थानमै कायम छ । दोस्रो हार व्यहोरेको रुवान्डाले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ ।
