काठमाडौँ, चैत ३० गते ।
चीनमा सम्पन्न कराते वान प्रिमियर लिगमा रजत पदक जित्न सफल नेपालकी कराते स्टार एरिका गुरुङ सोमबार स्वदेश फर्किएकी छिन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। उनको साथमा प्रशिक्षक कुशल श्रेष्ठ र व्यवस्थापक रवि महर्जन पनि थिए।
नेपाल कराते महासंघका पदाधिकारी, नेपाल प्रहरीका प्रशिक्षक खेलाडी, परिवारका सदस्य खेलाडी लगायतले उनीहरूलाई स्वागत गरे।
चीनको लेसानमा आइतबार भएको फाइनलमा एरिका काजकिस्तानकी सोफिया बर्लुतशोभासँग २–१ ले पराजित भएकी थिइन्। एरिकाले यसअघि सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी क्लियोलाई ८–३ ले हराएर फाइनलमा स्थान बनाएकी थिइन्।
