नेपाल कराते महासंघले आफ्नो बार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सर्वसम्मत रुपमा सम्पन्न गरेको छ ।यही चैत्र २० गते शुक्रवार देखि मधेस प्रदेश स्थित निजगढ,बाराको होटल तारा ईनमा सन्चालन भएको उक्त कार्यक्रमको नेपाल प्रहरी महानिरिक्षक दान वहादुर कार्कीले शनिवार एक बिशेष कार्यक्रम विच उदघाटन गर्नुभयो ।
साधारणसभामा नेपाल कराते महासंघका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न ७ प्रदेशका प्रतिनिधि,पर्यबेक्षक तथा करातेकर्मी लगायत करिव २ सय जना सहभागी भएको थियो ।
त्यसैगरी महासंघका अध्यक्ष युवराज लामाले २०८२/०८३ वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । साथै महासंघका महासचिव दावा गुरुङगले आ.व.२०८३ को राष्ट्रिय कार्यक्रम तथा अन्तराष्ट्रिय सहभागिता वारे प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि आगामी आर्थिक बर्ष २०८२/०८३ को आय-ब्यय सहित बार्षिक कार्यक्रममा भएको आर्थिक बिवरणहरु कोषाध्यक्ष कृष्ण गौतमले प्रस्तुत गर्नुभयो।
साथै महासंघका अध्यक्ष एवम कार्यक्रमका सभापति युवराज लामाले भावी योजना,तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हालसम्म हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको वताउनुभयो । सभालाई सम्वोधन मार्फत बिसर्जन गर्ने क्रममा अध्यक्ष लामाले मिशन सिक्स के र ईलाईट ट्रेनिंग सम्वन्धी प्रष्ट्याउदै उक्त प्रशिक्षणलाई निरन्तरता दिनुपर्ने जिकिर गर्नुभयो । साथै अध्यक्ष लामाले कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । साधारण सभामा ७ वटै प्रदेशको प्रमुख वाट रिपोर्टिङग प्रस्तुत समेत गरेको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष देव कुमार लामाले स्वागत,महासचिव दावा गुरुङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने, कार्यक्रमको सन्चालन प्रवक्ता गजेन्द्रवहादुर खपाङगी’ईश्वर’ले सन्चालन गर्नुभयो । साधारण सभामा उपाध्यक्षहरु मजिन्द्र सिंह,प्रकाश धौवडेल,ओम कुमार प्रसाई,सचिव तारा वली,सदस्यहरु राजिव थापा,प्रेमलाल वमजन,विजय वस्नेत,मधु लामा,राजेन्द्र वराल,चित्र वहादुर राना,ज्ञान वहादुर जिम्वा,राधिका देउला,जानकी सेढाई,सन्जय सुन्दर सैंजु,कार्यलय प्रमुख राजेन्द्र क्षेत्री लगायतको आतिथ्य उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाल सितोरियो कराते संघको पनि दोश्रो साधारण सभा शनिवार नै सम्पन्न भएकोछ । शनिवार सम्पन्न भएको उक्त कार्यक्रममा वादोरियो करातेबाट सन्जय लामाले सितोरियो करातेमा प्रवेश गरेका थिए ।लामालाई संघका अध्यक्ष दावा गुरुङगले सितोरियो प्रवेश गराउदै स्वागत गर्नुभएको थियो ।
