फुटबल संघको उपाध्यक्षबाट पेमाले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं, चैत १२ गते

अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनमा उपाध्यक्ष पदमा उमेदवारी दिएकी पेमा डोल्मा लामाले आफ्नो उमेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।

उनले आफू फिर्ता भएको जानकारी एन्फा निर्वाचन कमिटीलाई पत्रमार्फत गराएकी हुन् । चुनाव गर्ने र नगर्ने पक्षबीच भएको आपसी खिचातानी तथा आन्तरिक किचलोबाट आफूलाई अलग राखी स्वतन्त्रपूर्वक रहन चाहेकोले उमेदवारी फिर्ता लिएको उनले बताएकी छिन्।

पेमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी पूर्वराष्ट्रिय खेलाडी पेमा राखेपकी पूर्वबोर्ड सदस्य हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ