नेपालको प्रशिक्षक नियुक्त हुँदा खुशी छु: गुग्लिएल्मो एरेना

काठमाडौँ, फागुन २९ गते।

नेपाली राष्ट्रिय फुटबल टोलीको नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेनालाई अखिल नेपाल फुटबल संघले मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गर्दै सञ्चारकरर्मीहरुमाझ सार्वजनिक गरेको छ ।

एन्फाले शुक्रबार मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गर्दै एरेनालाई सञ्चारकरर्मीहरुमाझ सार्वजनिक गरेको हो। एक साता भन्दा अगाडि नै नेपाल आइपुगेका एरेनालाई अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार आधिकारिक रुपमा मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

शुक्रबार सञ्चारकर्मीमाझ पहिलो पटक सार्वजनिक भएका एरेनाले नेपालको प्रशिक्षक नियुक्त हुँदा खुशी व्यक्त गरे ।

सम्झौतामा एरेना र एन्फा महासचिव किरण राईले हस्ताक्षर गर्दै बिहीबारै राईले एरेनालाई नियुक्त पत्र प्रदान गरेका थिए । एरेनालाई एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ