काठमाडौं, फागुन २८ गते।
नेपाल स्क्वास एन्ड र्याकेट संघको आयोजनामा भइरहेको दोश्रो एनएसआरए प्रेसिडेन्ट कप राष्ट्रिय स्क्वास लिग सातदोबाटोमा भइरहेको छ।
बिहीबार भएको खेलमा पुरुषतर्फ राकेश परियारले कबिर तामाङलाई ३–० को सोझो सेटमा पराजित गरे।
यसैगरी पसाङ भ्लोनले नैना बि। मगरलाई ३–० ले हराए। अर्को खेलमा राजेश परियारले कबिर तामाङलाई ३–० ले पराजित गरे। त्यस्तै सञ्जीव थापा मगरले कबिर तामाङमाथि ३–० को जित निकाले।
महिलातर्फ स्वास्थानी श्रेष्ठले अस्मिता नगरकोटीलाई ३–० को सोझो सेटमा हराइन्। नियुक्ति श्रेष्ठले अर्पणा प्रजालाई ३–१ ले पराजित गरिन्।
