राष्ट्रिय स्क्वास लिग: अरहात र अस्मिताको उत्कृष्ट प्रदर्शन

काठमाडौं, फागुन २५ गते।

नेपाल स्क्वास एन्ड र्‍याकेट संघको आयोजनामा भइरहेको दोश्रो एनएसआरए प्रेसिडेन्ट कप राष्ट्रिय स्क्वास लिग सातदोबाटोमा भइरहेको छ।

सोमबार भएको खेलमा पुरुषतर्फ अरहात के सिंहा ले शानदार प्रदर्शन गर्दै सन्जिप थापा मगरलाई ३–० ले पराजित गरे।
त्यस्तै नयन बहादुर मगरले पनि सन्जिप थापा मगर विरुद्ध ३–० को जित हात पारे।

अर्को प्रतिस्पर्धात्मक खेलमा राकेश परियार ले सन्जिप थापा मगरलाई ३–२ ले पराजित गरे। त्यसैगरी अरहात के सिंहा ले राकेश परियारलाई ३–० ले हराए भने नयन बहादुर मगर ले राकेश परियारलाई ३–१ ले पराजित गरे।

त्यसैगरी महिलातर्फ स्वस्थ्यानी श्रेष्ठले रचना प्रजालाई ३–० ले हराउँदै उत्कृष्ट सुरुआत गरिन्। रचना प्रजाले एलिसा प्रजाविरुद्ध ३–० को जित निकालिन्। त्यस्तै डोल्मा तामाङले कृपा प्रजालाई ३–० ले हराइन्।

अस्मिता नगरकोटीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै नियुक्ति श्रेष्ठ, अर्पना प्रजा र प्रतिक्षा प्रजाविरुद्ध क्रमशः ३–० को जित निकालिन्।

अन्य खेलमा डोल्मा तामाङले अलिसा प्रजालाई ३–० ले हराइन् भने रेनिसा महर्जनले डोल्मा तामाङ र रचना प्रजा दुवैलाई ३–० ले पराजित गरिन्। यसैबीच विपना बोल्नले अर्पना प्रजालाई ३–० ले हराइन्।

अन्तिम खेलमा स्वस्थ्यानी श्रेष्ठले रेनेसा महर्जन लाई ३–० ले पराजित गर्दै आफ्नो प्रभावशाली प्रदर्शन कायम राखिन्।

नेपाल स्क्वास एन्ड र्‍याकेट संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिता मार्च १४ तारिखसम्म सञ्चालन हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ