नारी दिवसको अवसरमा स्क्वास प्रतियोगिता

काठमाडौं, फागुन २४ गते।

नारी दिवसको अवसर पारेर नेपाल स्क्वास एन्ड र्‍याकेट संघले दोश्रो एनएसआरए प्रेसिडेन्ट कप राष्ट्रिय स्क्वास लिग आयोजना गरेको छ। 

आइतबार राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले दोश्रो एनएसआरए प्रेसिडेन्ट कप राष्ट्रिय स्क्वास लिगको एक कार्यक्रमबिच उद्घाटन गरिन्। 

प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सुवर्ण श्रेष्ठले प्रतियोगिताले स्क्वास खेलको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै महिलाहरूको सहभागितालाई प्रोत्साहन गर्ने बताइन्। 

यसैगरी नेपाल स्क्वास एन्ड र्‍याकेट संघका अध्यक्ष धुब्र बहादुर गुरुङले महिला खेलाडीहरू र संसारभरका नारीहरूको सम्मानको लागि स्क्वास प्रतियोगिता गरेको बताए। 

यसैबिच कार्यक्रमको अवसरमा संघले स्क्वास खेलसँग कुनै न कुनै माध्यमबाट जोडिएका नारीहरूलाई खादा लगाएर सम्मान समेत गरेको छ। नेपाल स्क्वास र्‍याकेट संघले स्क्वासको ईतिहॉंसमा पहिलो पटक  नारी दिवस मनाएको हो। नारी सम्मानको लागी ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइने गरिन्छ।

नेपाल स्क्वास एन्ड र्‍याकेट संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिता मार्च १४ तारिखसम्म सञ्चालन हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ