साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं, फागुन १९ गते।

माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

मंगलबार (फागुन १९) नेपाली राष्ट्रिय यू–२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले धरवेन्द्र कुँवरको कप्तानीमा प्रतियोगिताका निम्ति २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।

यस्तो छ नेपाली टिम

अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उर्न, विज्ञान खड्का, विनय ठाकुर, धरवेन्द्र कुँवर, गणेश पुलामीमगर, जोन विष्ट, निशानराज लवट, पवन पाख्रिन, पेम्बानोर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुगेंलीमगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत, सुजन डंगोल ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ