काठमाडौँ, फागुन ७ गते ।
१४ औँ लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा काठमाडौँ भ्याली र लिटिल एन्जल्स फाइनलमा पुगेका छन्।
बिहीबार भएको क्वाटरफाइनल खेलमा काठमाडौँ भ्यालीले ब्रम्हकुञ्जलाई ३–२ गोलले पराजित ग¥यो । त्यस्तै अर्को खेलमा लिटिल एन्जल्सले इस्टपोललाई ५–१ गोलले हरायो ।
फाइनल प्रतियोगिता भने शुक्रबार हुने छ। मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो।
