औषधि उत्पादक संघको आयोजनामा ’क्रिक्सल’ प्रतियोगिता हुने

काठमाडौँ, माघ २८ गते। 

नेपाल औषधि उत्पादक संघको आयोजनामा हुन लागेको दसौँ संस्करणको ‘नेपाल फर्मा एक्स्पो २०२६’ मा ’क्रिक्सल’ प्रतियोगिता हुने भएको छ। 

संघले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी फागुन ८ र ९ गते ’क्रिक्सल’ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो। प्रतियोगितामा ८ वटा उद्योगहरूको सहभागिता रहने छ। 

संघको पहिलो कार्यक्रम अन्तर्गत रहेको फुटसल प्रतियोगिता भने सफलता पूर्वक सम्पन्न भइसकेको छ। यही माघ २ र ३ गते भएको फुटसल प्रतियोगितामा भने १६ वटा उद्योगहरूको सहभागिता रहेको थियो। 

“फर्मा मानवीनताः भोलिको स्वास्थ्यका लागि”भन्ने मूल नाराका साथ आगामी फागुन २८, २९ र ३० गते काठमाडौँको भृकुटीमण्डपमा ’नेपाल फर्मा एक्स्पो २०२६’ हुँदै छ। 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ