१५ औँ खुम्बु ल्होसार कप: खुम्बु युनाइटेड र ठमिछोवा विजयी

काठमाडौँ, माघ २५ गते ।

खुम्बु युनाइटेड एफसी र ठमिछोवा क्लबले १५ औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता मंगलबार जित हात पारेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुम्बु युनाइटेड एफसीले नाम्चे युवा समूहलाई ३–१  गोलले पराजित ग¥यो । खुम्बु युनाइटेडका लागि दावा स्टेबीन शेर्पाले २१ र ४१ मिनेटमा र सोनम शेर्पाले ५४ मिनेटमा गोल गरे त्यस्तै नाम्चे युवा समूहका लागि टासी दोर्जे शेर्पाले १० मिनेटमा गोल गरे। 

महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा भइरहेको प्रतियोगितामा आमा दब्लम युवा क्लबले ठमिछोवा क्लबलाई १–० गोलले पराजित ग¥यो।  आमा दब्लमका लागि गिक्मी शेर्पाले ३० मिनेटमा गोल गरे। 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ