जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता: जेबी र लालीगुराँस फाइनलमा

काठमाडौँ, माघ २७ गते ।

आयोजक जेबी स्कुल र साविक विजेता लालीगुराँस नेसनल एकेडेमी दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

बूढानीलकण्ठको च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले बीएमसीएलाई २५–१५ ले पराजित ग¥यो । जेबीका नारायण अधिकारीले १२ स्कोर गरे । लालीगुराँसले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३०–२० ले हरायो । लालीगुराँसका मन्सुब गुरुङले १२ अंक जोडे ।

सिनियर गल्र्समा सत्य साइ र फेरिल्यान्डले उपाधि भिडन्त पक्का गरे । सत्य साइले बेलमोन्टलाई २५–१५ ले पाखा लगायो । सत्य साइकी मेघा शाहले १० अंक जोडिन् । फेरिल्यान्डले डिफेन्डिङ च्याम्पियन भ्याली पब्लिकलाई २६–१९ ले पन्छायो । फेरिल्यान्डकी करुणा बोगटीले १० अंक बटुलिन् । गत संस्करणको फाइनलमा भ्याली पब्लिकले फेरिल्यान्डलाई पारजित गर्दै उपाधि जितेको थियो । फाइनल बुधबार हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ