नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

काठमाडौँ, माघ २५ गते ।

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

आइतबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १८० रनमात्र बनाउन सक्यो ।

नेपाललाई जितका निम्ति अन्तिम ओभरमा १० रनको आवश्यकता थियो । तर, नेपालले अन्तिम ओभरमा पाँच रनमात्र बनाउन सक्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ