भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिनजिक

काठमाडौँ माघ २५ गते।

भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले न्युटनलाई ३४–२४ ले पराजित ग¥यो । भ्याली पब्लिककी आकृति बमले १४ अंक जोडिन् । फेरिल्यान्डले बागमतीलाई ४०–३४ ले हरायो । फेरिल्यान्डकी करुणा बोगटीले १४ स्कोर गरिन् ।

सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा भ्याली पब्लिक र ड्याफोडिल उपाधिका लागि भिड्ने भएका छन् ।

भ्याली पब्लिकले सेबलाई ५०–३१ ले पाखा लगायो । भ्याली पब्लिकका निम्ति आर्यन गुरुङले १५ अंक बटुले । ड्याफोडिलले जेबी स्कुलको चुनौती ४२–३७ ले पन्छायो । ड्याफोडिलका काल्साङ तामाङले १७ स्कोर गरे ।

प्रतियोगिता सोमबार समपन्न हुनेछ । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ