काठमाडौँ, माघ २१ गते ।
तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा उत्कृष्ट पारा तेक्वान्दो कोच २०२५ बाट सम्मानित भएका छन्।
विश्व तेक्वान्दो को प्राविधिक कमिशनको छनोट र सिफारिसमा नेगीलाई उक्त अवार्ड प्रदान गरिएको विश्व तेक्वान्दो महासङ्घले जनाएको छ।
प्रशिक्षक नेगी सन् २०१५ देखि नेपाल तेक्वान्दो सङ्घको राष्ट्रिय पारा तेक्वान्दो टिमको प्रशिक्षकको रूपमा कार्यरत रहेका छन् ।



