
काठमाडौँ, माघ १२ गते ।
नेपालकी कराँते स्टार एरिका गुरुङले डब्लूकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक जितेका छन।
टर्कीको इस्तानबुलमा आइतबार राति भएको प्रतियोगितामा एरिकाले ६८ केजी तौल समूहको महिला कुमितेमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेका हुन् । फाइनलमा एरिका कजकिस्तानकी सोफिया बेरुल्त्सेभासँग ४–२ ले पराजित भए ।
बेरुल्त्सेभा विश्व च्याम्पियनसिपकी उपविजेता तथा महादेशीय च्याम्पियन खेलाडी हुन् । एरिकाले गत वर्ष मोरोक्कोमा भएको प्रतियोगितामा काँस्य पदक जितेका जितेका थिए ।