काष्ठमण्डप कराते प्रतियोगितामा एपीएफ च्याम्पियन

काठमाडौं, माघ १० गते ।

नेपाल सिटोरियो कराते संघ, लैनचौर शाखा डोजोको आयोजनामा सम्पन्न राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार सम्पन्न भएको छ।

फाइनल चरणमा पुरुषतर्फ विभिन्न तौल समूह तथा काता विधामा भएको प्रतिस्पर्धामा एनपीसी, एपीएफ र नेपाली सेनाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हातपारेका छन्।
एपीएफले ८ स्वर्ण, २ रजत र ३ कांस्य गरी कुल १३ पदक जित्दै शीर्ष स्थान हासिल गरेको छ। एनपीसीले ७ स्वर्ण, ३ रजत र १ कांस्यसहित ११ पदक जितेको छ। नेपाली सेनाले १ स्वर्ण, ६ रजत र ६ कांस्यसहित कुल १३ पदक प्राप्त गरेको छ।

पुरुष व्यक्तिगत कातातर्फ एनपीसीका सोनिम मानन्धरले स्वर्ण पदक जिते। नेपाली सेनाका प्रविन मानन्धरले रजत पदक प्राप्त गरे। बागमती प्रदेशका अमृत थोकर र एपीएफका मनीष कार्की संयुक्त रूपमा कांस्य पदक विजेता बने।

५० केजी तौल समूहमा एपीएफका राकेश मानन्धर पहिलो भए। बागमतीका सुजन खड्गी दोस्रो तथा नेपाली सेनाका सिब खत्री र मधेशका सोहन मगर संयुक्त रूपमा तेस्रो भए।

५५ केजी तौल समूहमा एनपीसीका एलोन श्रेष्ठले स्वर्ण पदक जिते। सुदूरपश्चिम प्रदेशका सुरेन्द्र लुहार दोस्रो तथा बागमती प्रदेशका निशान घले र नेपाली सेनाका राहुल चौधरी संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

६० केजी तौल समूहमा एपीएफका मिन बहादुर तामाङ पहिलो भए। सुदूरपश्चिमका विष्णु बीके दोस्रो तथा नेपाली सेनाका श्रिजन श्रेष्ठ र बागमतीका सुबिन सुनार संयुक्त रूपमा तेस्रो भए।

६७ केजी तौल समूहमा एपीएफका प्रदिप बैजाली मगर पहिलो भए। एनपीसीका सन्तोष श्रेष्ठ दोस्रो तथा कर्णालीका राजन बीसी र सुदूरपश्चिमका हिमाल ऐरे संयुक्त रूपमा तेस्रो भए।

७५ केजी तौल समूहमा एपीएफका अनिल बराम पहिलो भए। एनपीसीका राजिव पुडासैनी दोस्रो तथा बागमतीका निशान मल्ल र मधेशका सामुयोल मुन्ग्रान्ती संयुक्त रूपमा तेस्रो भए।

८४ केजीमुनि तौल समूहमा एपीएफका एम. शेखु आलम पहिलो भए। नेपाली सेनाका किरण पुन दोस्रो तथा सुदूरपश्चिमका कमल ओली र बागमतीका पासाङ जी. थोकर संयुक्त रूपमा तेस्रो भए।

८४ केजीमाथि तौल समूहमा बागमतीका अजय ब्लोनले स्वर्ण पदक जिते। नेपाली सेनाका सुरेश जप्रेलले रजत पदक प्राप्त गरे। सुदूरपश्चिमका साहिल चन्द र एपीएफका तेन्जिन शेर्पा संयुक्त रूपमा कांस्य पदक विजेता बने।

महिलातर्फ
महिला टिम कातातर्फ एनपीसी पहिलो, नेपाली सेना दोस्रो तथा गण्डकी र कर्णाली संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

महिला व्यक्तिगत कातातर्फ एपीएफकी सञ्जु देसारले स्वर्ण पदक जितिन्। एनपीसीकी एलिशा रास्कोटीले रजत पदक प्राप्त गरिन्। बागमतीकी दीपा पुन र नेपाली सेनाकी सानु माया थिङ संयुक्त रूपमा कांस्य पदक विजेता बने।

महिला ४५ केजी तौल समूहमा एनपीसीकी वर्षा बुढा मगरले स्वर्ण, नेपाली सेनाकी ममता महर्जनले रजत पदक जितिन्। लुम्बिनीकी इन्दु घर्ती मगर र गण्डकीकी सबिना राना मगर संयुक्त रूपमा कांस्य पदक विजेता बने।

महिला ५० केजी तौल समूहमा एनपीसीकी पुष्पका लामा पहिलो भइन्। एपीएफकी अञ्जली महर्जन दोस्रो तथा नेपाली सेनाकी नबिना डिमडुङ र बागमतीकी पार्वती श्रेष्ठ संयुक्त रूपमा तेस्रो स्थानमा रहिन्।

महिला ५५ केजी तौल समूहमा नेपाली सेनाकी प्रियंका शाहीले स्वर्ण पदक जितिन्। एपीएफकी रमिता माझी दोस्रो भइन्। एनपीसीकी सबिना श्रेष्ठ र कर्णालीकी प्रियंका शाही संयुक्त रूपमा तेस्रो स्थानमा रहिन्।

महिला ६१ केजी तौल समूहमा एनपीसीकी निरुपा दोङ पहिलो, कर्णालीकी कृतिका कटुवाल दोस्रो भइन्। कोशीकी सितल राई र बागमतीकी कृतिका अधिकारी संयुक्त रूपमा तेस्रो स्थानमा रहिन्।

महिला ६८ केजीमुनि तौल समूहमा एपीएफकी युमासम राईले स्वर्ण पदक जितिन्। लुम्बिनीकी रबिना घर्ती मगरले रजत पदक प्राप्त गरिन्। बागमतीकी आशिका राई र नेपाली सेनाकी श्रदा थापा संयुक्त रूपमा तेस्रो भइन्।

महिला ६८ केजीमाथि तौल समूहमा एपीएफकी दिया थापाले स्वर्ण, बागमतीकी महिमा राईले रजत पदक जितिन्। गण्डकीकी सुक्मा नेपाली र सुदूरपश्चिमकी करुणा बडुवाल संयुक्त रूपमा कांस्य पदक विजेता बने।
बिजेता खेलाडीलाई प्रमुख अतिथि बिशिस्ट व्यक्तित्वले एक कार्यक्रम बीच पुरस्कृत गरे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ