
काठमाडौं, माघ ८ गते ।
नेपाली टेनिस खेलाडी शिभाली गुरुङ एसिया÷प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्न अस्ट्रलियाको मेलबर्न पुगेकी छिन् । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म हुनेछ ।
एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयताकी शिभाली मलेसियामा केही साताको प्रशिक्षणपछि मेलबर्न गएकी हुन् ।
मेलबर्नमा शिभालीलाई भिक्टोरिया तमु समाजका अध्यक्ष तेज गुरुङ, उपाध्यक्ष अशोक गुरुङलगायतका पदाधिकारीले स्वागत गरेका थिए ।