स्वयम्भूराज डंगोल अस्ट्रिया प्रस्थान

काठमाडौं, माघ ८ गते ।

जनवरी २३ देखि २५ सम्म हुन गैरहेको डब्लुएमएसी वल्र्ड मार्सल आर्टस कन्भेन्सल र अन्तरराष्ट्रीय रेफ्री सेमिनारमा नेपाल मार्सल आर्टस एसोसियसनका अध्यक्ष एवं वल्र्ड मार्सल आर्टस कमिटी नेपाल का डाईरेक्टर स्वयम्भूराज डंगोल बिहीबार अस्ट्रियाको ब्रेगेंज प्रस्थान गरेका छन् ।
डंगोलले कन्भेन्सनमा सहभागिता जनाउनुका साथै मिक्स मार्सल आट्र्स र किक बक्सिङको अन्तरराष्ट्रीय रिङ रेफ्रीको तालिममा समेत भाग लिने नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।
भ्रमणका दौरान डंगोलले निकट भविष्यमा नेपालमा आयोजना गर्ने मार्सल आट्र्स गतिविधि र आगामी अन्तर्राष्ट्रिय मार्सल आटर््स महोत्सव तथा च्याम्पियनसिपको प्राविधिक तयारीका सम्बन्धमा समेत डब्लुएमएसीसंग को बैठकमा छलफल तथा प्रस्ताव पेश गर्ने बताइएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ