
काठमाडौं, माघ ७ गते ।
नेपालमा विद्यालयस्तरीय खेलकुद तथा शारीरिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र काठमाडौं विश्वविद्यालय शिक्षा संकायबीच खेलकुद पाठ्यक्रम विकासका लागि समझदारीपत्र मा हस्ताक्षर भएको छ । एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा एनएसएसएफका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।
यस समझदारीपत्रले संरचित, प्रमाणमा आधारित र राष्ट्रिय आवश्यकता अनुसारको खेलकुद पाठ्यक्रम विकासमा एनएसएसएफको स्पष्ट प्रतिबद्धता र नेतृत्वलाई उजागर गरेको छ। यस सहकार्यबाट विद्यालय खेलकुद, शारीरिक शिक्षा तथा बालबालिकाको समग्र विकासलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।
समझदारी अनुसार, ल्क्क्ँ ले पाठ्यक्रम आवश्यकताहरू पहिचान गर्ने, प्राथमिकता क्षेत्र निर्धारण गर्ने, विद्यालय तथा सरोकारवालासँग पहुँच सहज बनाउने र विकास गरिएका पाठ्यक्रमहरूको कार्यान्वयन तथा पाइलट परीक्षणको समन्वय गर्ने प्रमुख भूमिका निर्वाह गर्नेछ। साथै, महासंघले राष्ट्रिय विद्यालय खेलकुद अभ्यासमा आधारित प्राविधिक सुझाव प्रदान गर्ने र स्वीकृत पाठ्यक्रमहरूलाई आफ्नो सञ्जालमार्फत प्रवद्र्धन तथा प्रसार गर्नेछ ।यो सहकार्य अन्तर्गत निम्न प्रमुख क्षेत्रमा पाठ्यक्रम विकास गरिनेछ। विद्यालय खेलकुद तथा शारीरिक शिक्षा,खेल विज्ञान र कोचिङका आधारभूत पक्ष,विद्यालय तहको खेल व्यवस्थापन तथा नेतृत्व,खेलकुदमार्फत बाल विकास,स्वास्थ्य, फिटनेस तथा समग्र कल्याण शिक्षा
काठमाडौं विश्वविद्यालय शिक्षा संकायले शैक्षिक तथा प्राविधिक विज्ञता उपलब्ध गराउने, अनुसन्धानमा आधारित सामग्री विकास गर्ने, शैक्षिक गुणस्तर सुनिश्चित गर्ने तथा राष्ट्रिय शिक्षा संरचना र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससँग पाठ्यक्रमलाई समन्वय गर्न सहयोग गर्नेछ।
समझदारीपत्रमा शिक्षक, प्रशिक्षक तथा कोचहरूको क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक परामर्श, विज्ञ समीक्षा, अनुसन्धान, मूल्यांकन तथा खेलकुद शिक्षासम्बन्धी प्रभाव मूल्यांकनसमेत समावेश गरिएको छ।
समझदारीको प्रभावकारी कार्यान्वयनका लागि दुवै संस्थाका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिनेछ, जसले योजना, कार्यान्वयन, अनुगमन तथा समीक्षा गर्नेछ।
यस अवसरमा ल्क्क्ँ का अध्यक्ष श्री विनोद श्रेष्ठले विद्यालय खेलकुदलाई दिगो, गुणस्तरीय र परिणाममुखी बनाउन पाठ्यक्रम विकास नै आधारशिला भएको उल्लेख गर्दै यस सहकार्यले नेपालमा खेलकुद शिक्षाको दीर्घकालीन सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
पाँच वर्षे अवधिका लागि मान्य रहने यो समझदारीपत्रले संस्थागत सहकार्य, शैक्षिक उत्कृष्टता र राष्ट्रिय प्राथमिकताअनुसारको खेलकुद शिक्षा विकासतर्फको महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।
