साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ, माघ ७ गते ।

पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने छ ।

पोखरा रङ्गशालामा हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने छ । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने खेलमा लिगपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ ।

नेपाली टोलीका खेलाडीहरुमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, वर्षा कुवँर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, माया मास्के र मीनमाया श्रेष्ठ रहेकाछान्।

यस्तै टोलीमा निर्मला आचार्य, प्रजिता राई, पूर्णिमा ताडी, सारा लिम्बू, सबनम राई, सलोनी कुमारी चौधरी, संगीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशिला केसी र यमकुमारी विक रहेकाछान् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ