
काठमाडौं, माघ ६ गते ।
पुलिस राष्ट्रिय लिग २०८२ मा मंगलबार चित्लाङसँग १–१ को बराबरी खेलेसगै हारबाट जोगिएको छ। हारतर्फ अग्रसर रहेको पुलिसलाई चित्लाङले आत्मघाती गोल उपहार दिएको थियो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङले म्याथ्यु बाबाटुन्डेको गोलमार्फत ४१औँ मिनेटमा अग्रता लिएको थियो। खेल सकिन तीन मिनेट बाँकी रहँदा लच्छुमन रानामगरले आत्मघाती गोल गरेपछि पुलिस एक अंक बटुल्न सफल रहेको हो ।
यो नतिजापछि चित्लाङको दुई खेलबाट चार अंक रहेको छ। पुलिस भने दुई खेलबाट एक अंकमै सीमित रहेको छ। मंगलबारको अर्को खेलमा प्लानिङ ब्वाइज र आर्मी भिड्दैछन्।