विनोद भण्डारीसहित ४ खेलाडी वेस्ट इन्डिज ‘ए’विरुद्धको टी–२० शृंखला खेल्ने नेपाली टोलीमा थपिएका छन्।
क्यानले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो। उक्त टोलीमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारी, कमलसिंह ऐरी, लोकेश बम र सागर ढकाल थपिएको क्यान सचिव पारस खड्काले जानकारी दिए।
