पुलिसद्वारा न्यू डायमन्ड पराजित

विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो पटक जित हात पारेको छ।

पुलिसले न्यू डायमन्डलाई १८–२५, २५–२२, २५–२२ र २५–१८ को सेटमा हराएको थियो। पहिलो खेलमा पुलिसले एपीएफसँग ३–१ ले पराजित हुनु परेको थियो। दुई खेलमा भने न्यू डायमन्डको पहिलो हार हुँदा पुलिसकी कोपिला राना ‘प्लेयर अफ दी म्याच’ बन्न सफल भईन ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ