यु–१२ मा रिभान र साइरा पहिलो


काठमाडौं, पुस २३ गते ।
वडा १६ काद्वय रिभान वज्राचार्य र साइरा शाक्य सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । यु–१२ सिंगल्सको ब्वाइजमा रिभान र गल्र्समा साइरा पहिलो भएका हुन् ।
रिभानले फाइनलमा वडा ११ का आरभ मल्ललाई ११–८, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । वडा ११ का सत्विक शाक्य र सोही वडाका रुसन शाक्य तेश्रो बने ।
साइराले फाइनलमा आफ्नै वडाकी काभ्या शाक्यलाई २–११, ११–४, १४–१२ र ११–२ को सेटमा पराजित गरिन् । वडा ८ की सम्पदा श्रेष्ठ र वडा ७ रोज शाही तेश्रो भए ।
ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा वडा ८ का विपुल महर्जन र रुविन महर्जनको जोडीले स्वर्ण जिते । विजेता जोडीले फाइनलमा वडा ७ का एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ११–५, ११–६ र १२–१० को सोझो सेटमा हराए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ