आइसिसी वुमन्स टी-२० विश्व छनोटअघि नेपालले अभ्यास खेल खेल्दै

काठमाडौँ, पुस २३ गते।

आइसिसी वुमन्स टी-२० विश्व छनोटअघि नेपालले तीन देशसँग तयारी सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधबारदेखि सिरिज खेल्नेछ।

नेपालले बुधबार अमेरिकासँग पहिलो खेल खेल्नेछ। यस्तै शुक्रबार स्कटल्यान्ड र आइतबार जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालका दुई मैदानमा पुस २८ देखि हुने विश्वकपमा छनोटका लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ।

इन्दू बर्माको कप्तानी रहेको नेपाली टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ।

नेपाली टोली
इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान, रुबीना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरि, मनीषा उपाध्याय।

टी-२० विश्वकपको विश्व छनोटका खेल नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछन्। खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध हुनेछ। समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले आयरल्यान्ड र अमेरिकासँग वाम अप खेल खेल्नेछ।

छनोटमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।
समूह ए : बंगलादेश, आयरल्यान्ड, पिएनजी, नामिबिया, अमेरिका
समूह बी : स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल

विश्वकप छनोटमा नेपालको खेल
नेपाल भर्सेस थाइल्यान्ड – माथिल्लो मुलपानी मैदान – माघ ४
नेपाल भर्सेस नेदरल्यान्ड्स -माथिल्लो मुलपानी मैदान – माघ ८
नेपाल भर्सेस जिम्बावे – त्रिवि मैदान – माघ १०
नेपाल भर्सेस स्कटल्यान्ड – त्रिवि मैदान – माघ १२

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ