विभागीए टोली आर्मी क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लबलाई उपाधि

काठमाडौं, पुस १९ गते ।

विभागीए टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।
शनिबार सम्पन्न काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको पुरुषतर्फको उपाधि
फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई २५-२१, २५-२१ र २५-२१ को समान सेट स्कोरले हराउदै उपाधि रक्षा गरेको हो।
बिजेता हेल्प नेपालले नगद ५ लाख प्राप्त गरेकोछ भने उपविजेता नेपाल पुलिस कल्व ले २ लाख ५० हजार प्राप्त गरेको छ।

महिला र पुरुष दुवैतर्फको आज बिहान भएको तेस्रो स्थानको खेलमा महिला तर्फ नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-०को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। पुरुषतर्फ नेपाल पुलिस क्लबले रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई ३-२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो।

तेस्रो हुने महिला तर्फको नेपाल एपिएफ क्लब र पुरुष तर्फको नेपाल पुलिस क्लबले टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार प्राप्त गरेको छ । च्याम्पियनसिप लिग कम नकआउटको आधारमा खेलाइएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ