नवौं एनभीए भलिबल च्याम्पियनसिपको नेपाल पुलिस क्लब सेमिफाइनलमा

काठमाडौं,पुस १७ गते।

कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा पुलिसले कोशीलाई २५-१९, २५-१७, २५-१८ ले पराजित गरेको हो ।
पुलिसले अब फाइनल प्रवेशका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछ । हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ