राहुल सेन्ट्रल गल्फको उपाधि नजिक

काठमाडौँ, पुस १६ गते ।

साविक विजेता एमेच्योर राहुल विश्वकर्मा सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि नजिक पुग्नुभएको छ ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगिताको तेस्रो दिन बुधबार राहुलले एक ओभर ७३ खेले।५४ होलको समाप्तिसँगै कूल १० अन्डर दुई सय ६ स्कोर रहेको छ ।

राहुलले दोस्रो स्थानमा रहेका प्रो जयराम श्रेष्ठमाथि पाँच स्ट्रोकको अग्रता बनाएका हुन्। तेस्रो दिन चार अन्डर ६८ खेलेका जयरामको कूल पाँच अन्डर दुई सय ११ स्कोर छ । यस्तै तेस्रो स्थानमा आसिन प्रो भुवन कुमार रोक्काको कूल इभनपार दुई सय १६ स्कोर रहेको छ ।

७२ होलको चारदिने प्रतियोगितामा बिहीबार सकिनेछ । प्रतियोगिताको विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार र तेस्रो हुनेले एक लाख रुपियाँ पुरस्कार पाउनेछ । शीर्ष १८ मा रहने प्रोलेसमेत नगद पुरस्कार पाउनेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ