यूएईलाई नेपालको १२० रनको लक्ष्य

सन्दीप जोराको अर्धशतकप्रेरित नेपालले एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि यूएईलाई १२० रनको लक्ष्य दिएको छ।

अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो।

नेपालका सन्दीपले सर्वाधिक ५० रन बनाए। ४० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। गुल्शनकुमार झा २० र करण केसी १७ रन बनाएर आउट भए।

अन्यको भने प्रदर्शन राम्रो हुन सकेन। नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए।

अर्का ओपनर आशिफ खेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २,  रन बनाएर पेभिलियन फर्किए।

अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे। यूएईका जुनैद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २/२ विकेट लिए।

त्यस्तै, ओमिद शफी रहमान, आयान अफजल खान र मोहम्मद फारुखको नाममा १/१ विकेट रह्यो।

Nepal’s Sundeep Jora playing a shot against the UAE during their first match of the Twenty20 International series at the ICC Academy grounds, in Dubai, on Thursday, January 31, 2019. Photo courtesy: CricketingNepal
Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ