एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं,मंसिर २९ गते ।

नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको बंगलादेशसँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १३१ रनको लक्ष्य बंगलादेशले २४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर जावद अबररले अविजित ७० रन बनाए । कलाम सिद्दिकीले ३४ रन बनाए ।
नेपालका लागि अभिषेक तिवारी र युवराज खत्रीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१.१ ओभरमा १३० रनमा अलआउट भएको थियो ।
अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । आशिष लुहारले २३ रन बनाए । साहिल पटेलले १८ तथा निरज यादवले १४ रन बनाए ।

नेपाल यसअघि पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । आजको हारले नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।

समूह बी मा २ खेलमा ४ अंकसहित बंगलादेश शीर्षस्थानमा छ भने श्रीलंकाको १ खेलमा २ अंक छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ