बङ्गलादेश प्रिमियर लिग खेल्दै सन्दीप

काठमाडौं, मंसिर २८ गते ।

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्ने भएको छ ।

सन्दीपलाई बिपीएलमा राजशाही वारियर्स टोलीले आइतबार अनुबन्ध गरेको जनाएको छ । सन्दीपले यसअघि पनि सन् २०१८/१९ को सिजन सिलेट सिक्सर्सबाट बिपीएलमा खेलेका थिए ।उनले त्यतिबेला ६ खेल खेल्दै चार विकेट लिएका थिए ।

नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिएका छन् । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गरेका थिए ।

विराटनगरका कप्तान समेत रहेका सन्दीप एनपिएलमा १७ विकेट लिँदै सर्वाधिक विकेट कर्ताको पुरस्कार समेत प्राप्त गरेका हुन् । विराटनगर दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ