
काठमाडौं, मंसिर २४ गते ।
डिसेम्बर ३ तारिखदेखि १४ तारिखसम्म दुबईमा जारी आईबिए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपको मंगलबार भएको खेलमा नेपालका चन्द्र बहादुर थापाले (५४ केजी) तौल समुहमा आर्मेनियाका बक्सर डेभिड रेगुरायनलाई ४–० को निर्णयात्मक जितसँगै पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। अब उनी इरानका बक्सरविरुद्ध क्वार्टरफाइनल खेल्नेछन् । उक्ता प्रतियोगिताका बिजेता खेलाडीले क्रमश तीन लाख अमेरिकी डलर, उप बिजेतालाई एक लाख पचहत्तर हजार डलर र तृतीय हुने दुइ जनाले दश दश हजार डलर प्राप्त गर्ने छन् ।