इस्ट बंगालले ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४–० ले पराजित

काठमाडौं,मंसिर २२ गते ।

भारतीय क्लब इस्ट बंगाल एफसीले साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

इस्ट बंगालले सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४–० ले पराजित गरेको हो ।

इस्ट बंगालको जित दिलाउन फजिला इक्वापुतले दुई गोल गरिन् । सुलञ्जना राउल र रेस्ती नान्जिरीले समान एक गोल गरिन् ।

३६औँ मिनेटमा फजिलाले इस्त बंगाललाई अग्रता दिलाइन् । ६०औँ मिनेटमा सुलञ्जनाले अग्रतालाई दोब्बर बनाइन् । ६३औँ मिनेटमा रेस्टी नाजिरीले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याइन् ।

७२औँ मिनेटमा फजिलाले दोहोरो गोल गरेपछि इस्ट बंगालले ४–० को जित पक्का गरेको हो ।

यो नतिजासँगै इस्ट बंगाल तीन अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

ट्रान्सपोर्टले भने पहिलो हार व्यहोरेको छ । ट्रान्सपोर्टले यसअघि उद्घाटन खेलमा पाकिस्तानी क्लब कराची सिटी एफसी गोलरहित बराबरी गरेको थियो ।
उक्त प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।
पहिलो र दोस्रो स्थान हासिल गर्नेले फाईनलका लागी प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताका बिजेताले १० हजार अमेरकि डल्लर उपविजेताले ५ हजार अमेरिकी डल्लर प्राप्त गर्नेछन।
बाकी टोलीले दुई दुई हजार अमेरिकी डल्लर प्राप्त गर्नेछन।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ