
काठमाडौँ, मंसिर २० गते ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब १३औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा ६ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा आर्मीले १० स्वर्ण, १२ रजत र १० कांस्य पदक जित्यो । यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो भयो । पुलिसले ६ स्वर्ण, पाँच रजत र चार कांस्य पदक प्राप्त ग¥यो । तेस्रो स्थान हात पारेको सशस्त्र प्रहरीको एपीएफ क्लबले चार स्वर्ण, दुई रजत र दुई कांस्य पदक प्राप्त ग¥यो ।
यसैगरी चिल्ड्रेनतर्फ ललितपुरको स्वस्तिक तेक्वान्दो डोजाङले पहिलो स्थान हात पा¥यो । स्वस्तिकले सात स्वर्ण, एक रजत र चार कांस्य पदक प्राप्त गर्यो । दोस्रो भएको जैशीदेवलले दुई स्वर्ण र एक कांस्य पायो । तेस्रो स्थान हासिल गरेको गोदावरी डोजाङले एक स्वर्ण र तीन कांस्य पदक प्राप्त ग¥यो । यस्तै क्याडेटमा पोखरी तेक्वान्दो डोजाङ पहिलो भयो । पोखरीले दुई स्वर्ण, एक रजतर तीन कांस्य जित्यो । दोस्रो स्थान हात पारेको स्वस्तिक डोजाङले एक स्वर्ण, एक रजत र एक कांस्य तथा तेस्रो स्थान हात पारेको गोदावरी इन्टरनेसनल फिटनेसले एक स्वर्ण, एक रजत र एक कांस्य जित्यो । जुनियरमा पहिलो भएको बिजेश्वरी सैनिक स्कुलले तीन स्वर्ण र एक कांस्य, दोस्रो भएको गोर्खाली डोजाङले दुई स्वर्ण, एक रजत र एक कांस्य तथा तेस्रो स्थान हासिल गरेको खुदुनाबारी डोजाङले एक स्वर्ण र एक कांस्य पदक जित्यो ।
नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिपको सिनियरतर्फको पुरुषमा नेपाली पुलिस क्लबका आशिष भण्डारी र महिलामा आर्मीकी स्वस्तिका तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरी चिन्ड्रेनको पुरुषमा स्वस्तिक तेक्वान्दो डोजाङका सुमन तामाङ र महिलामा विष्णुदेवी डोजाङकी रेश्मा गुरुङ उत्कृष्ट भए । यसैगरी क्याडेटको पुरुषमा पोखरी डोजाङका करण यादव र महिलामा गोदावरी डोजाङकी युमी पाख्रिन उत्कृष्ट भए । यसैगरी जुनियर पुरुषमा जैशीदेवल डोजाङका राहुल हाङ लिम्बू र महिलामा सानोठिमीकी सोया चक्रधर सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा शुक्रबार भएको पारा तेक्वान्दोको के ४४ विद्याको पुरुष ६३ केजी मुनिको तौल समुहमा संखुवासभाका पासाङ्ग शेर्पालाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् । बाजुराका लोकराज शही ठकुरीले कास्य पदक पाए ।
यसै गरी पुरुष ५४ केजी मुनी चितवनका विबेक श्रेष्ठले पहिलो स्थान हात पारे उनले फाईनलमा भुटानका टाँशी रिग्देन दोर्जीलाई पराजित गरे । झापाका निश्चल प्रसाई तेश्रो भए । पुरुष ५८ केजी मुनी पारालिम्पियन भरत सिंह महताले स्वर्ण पदक जिते । उनले फाईनलमा पाकिस्तानका जोन शलिमलाई पराजित गरे ।
यसै गरी पारा तेक्वान्दोको के४१ विधाको पुरुष ५८ केजी मुनी दिपेश महतले स्वर्ण पदक जिते ।
उनले फाईनलमा भारतका प्रमोद प्रसादलाई पराजित गरे ।
महिला के ४४ विधाको ४७ केजी मुनी नुवाकोटकी रेनु तामाङ्ग पहिलो भईन । उनले फाईनलमा इलामकी कामना प्रसाईलाई पराजित गरिन् । पुम्से तर्फ पि ३० विधामा चितवनका विक्रम श्रेष्ठले सुनसरीका सुबास चन्द्र राईलाई पराजित गरी स्वर्ण पदक हात पारे ।

च्याम्पियनसिपको विजेता टोली तथा सर्वोत्कृष्ट खेलाडीलाई पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्द, महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य बब्लु सिवाकोटीलगायतले पुरस्कार प्रदान गरेका थिए । गत मंसिर १५ गतेदेखि आयोजना भएको च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई समावेश गरिएको थियो । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
