एनपिएल प्लेअफ समीकरण पूरा : लुम्बिनी विजयी भएसँगै जनकपुर, चितवन र पोखरा बाहिरिए

काठमाडौँ, मङ्सिर १९ गते ।

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफ प्रवेश गरिसकेका छन् ।

कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको बनाएको थियो। १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले चार विकेटको महत्त्वपूर्ण जित निकालेको हो । १९ ओभर एक बल खेल्दै लुम्बिनीले ६ विकेटको क्षतिमा १३६ रन बनाएको हो ।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सटले ३० रन बनाउँदा जेजे स्मितले २१ रन बनाए भने निरोशन डिकवेलाले १७ रन बनाए।
जनकपुरका लागि संगीत कुरेले तीन विकेट लिँदा मयन यादवले दुई विकेट लिए।

सुरुमा ब्याटिङ गरेको जनकपुरका लागि सङ्गीत कुरेले नटआउट सर्वाधिक ४५ रन बनाए भने मयन यादव २७ रन बनाए। ओपनर आशिफ शेखले २० रन जोड्दा सञ्जय कृष्णमूर्तिले १४ रन बनाएको थियो ।
जनकपुरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुई, दुई विकेट हात पार्दा रुबेन ट्रम्पपेलम्यान र जेजे स्मिथले एकएक विकेट लिए ।

सात खेलबाट आठ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्ने अन्तिम टिम बनेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ